एकीकरणका बाँकी काम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार (आज) बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले एकीकरणका केही काम टुङ्ग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबार फर्केपछि पहिलो सचिवालय बैठक बस्न लागेको हो । यसअघि भदौ ९ गते प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो । सो बैठकले कार्यविभाजन र पार्टी अनुशासनको बिषयमा केही निर्णय गरेको थियो । जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर समेत बैठकले गरेको थियो ।
एकीकरणका काम टुङ्ग्याउनकै लागि ओली सिंगापुरबाट फर्किएपछि दुईअध्यक्षबीच पाँचपटक भेटवार्ता भएको छ । नेकपामा प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्को एकीकरण बाँकी छन् । आजको बैठकले महानगरका कमिटी, प्रवास र आयोगका पदाधिकारी टुङ्ग्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण