नेपाल फेरि उपविजेता
काठमाडौं– नेपाली राष्ट्रिय महिला टोलीको उपविजेता बन्ने क्रम यसपटक पनि रोकिएन । किर्गिस्थानमा बिहिबार सम्पन्न नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा पनि उपविजेतामै सिमित बनेको छ । फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भयो । अन्तिम समयतिर खेलमा फर्किएको नेपालले दुई गोल गरेपनि हार टार्न सकेन । नेपाल लिग चरणको खेलमा पनि उज्वेकिस्तानसँग २–० गोलले पराजित भएको थियो । नेपालले लिग चरणमा आयोजक किर्गिस्तानलाई ८–२ र ताजकिस्तानलाई १–० गोलले पराजित गरेको थियो । उज्वेकिस्तानले ३९ औं मिनेटमा पहिलो गोल गरेको थियो ।
नेपालकी रक्षक पुनम जर्घामगर क्लियर गर्न नसकेको बलमा उज्वेकिस्तानले गोल गरेको थियो । उज्वेकिस्तानले ५४औं र ६४ औं मिनेटमा लगातार गोल गरेको थियो । नेपालले ६७ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । सावित्रा भण्डारीले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेकी थिइन् । सावित्राले दोस्रो हाफमा इन्जुरी समयमा पेनाल्टी मार्फत दोस्रो गोल गरेकी थिईन् ।
ि
डबक्स भित्र अनिता बस्नेतको प्रहारमा उज्वेकिस्तानकी रक्षकको ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले सही सदुपयोग गरिन् । इन्जुरी समयमा पुगेर दोस्रो गोल फर्काए पनि नेपालले हार टार्न सकेन ।
प्रतियोगितामा सात गोल गरेकी सावित्राले सर्वाधिक गोल कर्ताको उपाधि जितिन् । नेपालमा लागि ३७ अन्तर्राष्ट्रिय खेल खेल्दै ३५ गोल गरेकी सावित्राले अनु लामाको किर्तिमानसँग बराबरी गरेकी छन् । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कप खेलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन: पर्यटन मन्त्री तामाङ
-
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री
-
ग्वार्कोमा फ्लाइओभरको काम तीव्र, तस्बिरमा हेर्नुहोस्
-
निर्माण कम्पनी कसरी पर्छन् कालोसूचीमा ?
-
हुन्डाईले नेपालमै सुरु गर्यो चारपाङ्ग्रे सवारीको एसेम्बल
-
चितवनको देवनगरमा सबस्टेसन सञ्चालनमा