हुन्डाईले नेपालमै सुरु गर्यो चारपाङ्ग्रे सवारीको एसेम्बल
काठमाडौँ । कोरियाली सवारी निर्माता कम्पनी हुन्डाईले नेपालमा नै सवारी उत्पादन (एसेम्बल) सुरु गरेको छ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरेर सवारी एसेम्बल गर्न थालेको हो ।
६ महिनादेखि जारी उत्पादनको परीक्षण सफल बनेपछि लक्ष्मी समूहले औपचारिकरुपमा नै उद्घाटन गरेको हो । यो प्लान्टको वार्षिक उत्पादन क्षमता साढे ५ हजार सवारी उत्पादन रहेको छ । लक्ष्मी समूहले कोरियाली लगानी बिनै प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरेको हो ।
यसअघि नेपालमा गोल्छा समूहले मुस्ता म्याक्स नामक सवारीको उत्पादन सुरु गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सवारी प्रयोग गरेपछि चर्चित बनेको सवारी विभिन्न नीतिगत झन्झटका कारण बन्द भएको थियो ।
त्यसयता भने लक्ष्मी हुन्डाईले पहिलोपटक नेपालमा नै चारपाङ्ग्रे सवारीको एसेम्बल सुरु गरेको हो । नेपालमा दुई पाङ्ग्रे सवारीको उत्पादन यस अघिदेखि नै हुँदै आइरहेको छ । चारपाङ्ग्रे सवारी एसेम्बल गर्ने कम्पनीकारुपमा हुन्डाई पहिलो हो ।
नेपालमा रोयल इन्फिल्ड, हिरो, बजाज, यामाहा, टीभीएस लगायतका दुई पाङ्ग्रे सवारी यस अघिदेखि नै एसेम्बल भइरहेका छन् । नेपालमै एसेम्बल हुने सवारीको सूचीमा अब हुन्डाई पनि समेटिएको हो । यसअघि सन् २०१९ मा नै कोरियाली विद्युतीय सवारी कम्पनी मोट्रेक्सले नेपालमा एसेम्बल प्लान्ट स्थापनाको घोषणा गरेको थियो ।
लगानी बोर्डसँग लगानीको सम्झौता नै गरेपनि थप प्रक्रिया भने अघि बढाएनन् । कम्पनीले नेपालको नीतिगत झन्झटताका कारणले थप प्रक्रिया अघि बढाउन नसकेको बताइएको छ । लगानी बोर्ड भने प्रक्रियामा नै रहेको बताउँछ । यस्तै लगानी सम्मेलनका क्रममा चिनियाँ कार उत्पादक कम्पनीले नेपालमा सवारी उत्पादनको सम्झौता गरिसकेको छ ।
चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले वार्षिकरुपमा ५ हजारभन्दा बढी विद्युतीय सवारीको उत्पादन गर्ने लक्ष्यसहित ३ अर्ब रुपैयाँको लगानी सम्झौता गरेको थियो । सम्झौताअनुसार उत्पादन प्लान्ट विराटनगरमा हुनेछ ।
दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको एसेम्बलमा देखिएको उत्साहले नेपालमा लगानीको वातावरण बन्दै गएको देखिन्छ । तर, दुई पाङ्ग्रे सवारीको बजारअनुसार चार पाङ्ग्रे सवारीको बजारमा भने शङ्का गरिएको छ । यद्यपि, निजी क्षेत्रले गर्ने लगानी विना कुनै अध्ययन अघि नबढ्ने भएकाले बजारको सुनिश्चितता थप शङ्का गर्नुपर्ने देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण