मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन: पर्यटन मन्त्री तामाङ

शुक्रबार, २८ वैशाख २०८१, १२ : ४७
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन् । आज पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रूपमा हेर्न नहुने बताए । 

उनले विगतमा पशुपति विकास कोष गैर राजनीतिक आध्यात्मिक थलो भएको बताए । पछिल्लो समय कोष राजनीति गर्ने थलोको रूपमा प्रयोग भए पनि अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए । उनले गैर राजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गरे । 

उनले पशुपति क्षेत्र विकास कोष गैर राजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिबद्धता जनाए । उनले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताए । पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतिको महत्त्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ । मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्न सके धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने बताए । 

उनले करोडौं जनसङ्ख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरुलाई सहज रूपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए । रमणीय र आध्यात्मिक परिवेश बनाउन सके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूतपूर्व योगदान पुर्याउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप