सरकारले सबै क्षेत्रसँगको साझेदारीमा जोड दिएको छ: अर्थमन्त्री खतिवडा
शुक्रबार, २७ भदौ २०७६, १७ : १०
काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकारले सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा जोड दिएको बताएका छन् । अर्थमन्त्री खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्नका लागि महिला तथा युवा उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘अन्तराष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन’को उद्घाटन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्यम विकास गर्न पनि सरकारले सर्वसाधारण नागरिकलाई समेत उद्यम क्षेत्रमा सहभागी गराउन सक्दो पहल गरिरहेको पनि बताए ।
अर्थमन्त्री खतिवडाले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुलाई जमिन माथिको स्वामित्व स्थापित गराउन कानुन बनाउने कामलाई पनि तीव्रता दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण