डेङ्गुबारे सन्त्रास होइन सचेत हुन सुझाव
डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन् । हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञहरूले सुझाव दिएका हुन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले डेङ्गुबारे सन्त्रास होइन, सचेत हुनुपर्ने र त्यसको सुरुआत घरघरबाटै हुनुपर्ने सुझाव दिए । उनले डेङ्गुबारे जति चर्चा हुनुपर्ने हो, त्योभन्दा बढी भएको बताए ।
अस्पतालमा दैनिक ज्वरो आएर आउने बिरामीमध्ये ३० देखि ४० प्रतिशतमा डेङ्गु पोजेटिभ देखिएको जानकारी दिँदै उनले तर यो डेङ्गु प्राथमिक चरणको भएकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । द्वितीय चरणमा भएको डेङ्गु भएमा आत्तिनुपर्ने भन्दै उनले अर्को दुई वर्षमा भने द्वितीय चरणको डेङ्गु हुने हुँदा अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण