सिटिजन्स बैंकका कर्मचारीलाई एनबीआईले तालिम दिने
मङ्गलबार, ३१ भदौ २०७६, १५ : १७
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एन.बी.आईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ ।
यसका साथैे एन.बी.आईले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण