सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
सारांश
- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकासँग नयाँ सम्झौता गर्न भिख मागिरहेको दाबी गरेका छन् ।
- रुबियोका अनुसार इरानले बारम्बार अमेरिका समक्ष वार्ताको प्रस्ताव राख्दै आएको छ ।
- रुबियोले इरानले आफ्नो व्यवहार परिवर्तन नगरेसम्म उसले निरन्तर ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अमेरिकासँग नयाँ सम्झौता गर्न भिख मागिरहेको दाबी गरेका छन् । फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान शिखर सम्मेलनको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति इरानप्रति अझ कडा हुने सङ्केत दिए ।
रुबियोका अनुसार इरानले बारम्बार अमेरिका समक्ष वार्ताको प्रस्ताव राख्दै आएको छ । ‘इरानले हामीसँग भिख मागिरहेको छ, प्रत्यक्ष र परोक्ष दुवै रूपमा भनिरहेको छ, सम्झौता गरौँ । वार्ता गरौँ । कुरा गरौँ,’ उनले भने । हरेक पटक अमेरिका र इरानले युद्धविराम वा अन्य सम्झौता हुँदा इरानका नेतृत्वकर्ताहरूले ती सम्झौता उल्लङ्घन गर्ने वा पछि त्यसका सर्त परिवर्तन गर्न खोज्ने गरेको आरोप उनले लगाए ।
इरानले आफ्नो व्यवहार परिवर्तन नगरेसम्म उसले निरन्तर ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि रुबियोले दिए । उनका अनुसार अमेरिकाले हरेक रात गर्ने सैन्य कारबाहीसँगै इरानले बेहोर्नुपर्ने क्षति झन् बढ्दै गएको छ । अहिलेको अवस्थामा राष्ट्रपति ट्रम्पले इरानका वार्तासम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिने कुनै आवश्यकता नदेखेको उनले बताए । रुबियोका अनुसार इरान हालसम्म आफूले पालना गर्न तयार हुने किसिमको सम्झौता गर्न इच्छुक देखिएको छैन ।
रुबियोको यो अभिव्यक्ति इरानका विदेशमन्त्री अब्बास अराघचीले हालै इरानको रक्षा नीति आँखाको बदलामा आँखा रहेको बताएका केही घण्टापछि आएको हो । अराघचीले इरानको पूर्वाधारमाथि हुने कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिएका थिए ।
यसै सन्दर्भमा रुबियोले राष्ट्रपति ट्रम्पको नीति इरानको भनाइभन्दा अझ कडा रहेको उल्लेख गर्दै आँखाको बदलामा टाउको लिने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण