स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पोखरेल नियुक्त
मङ्गलबार, ३१ भदौ २०७६, २२ : ५५
काठमाडौं- स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त भएका छन् । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो ।
निवर्तमान महानिर्देशक सुशीलनाथ प्याकुरेलले भदौ २१ गतेदेखि उमेरहदका कारण अवकाश लिएका थिए । महानिर्देशक पदमा १२औँ तहको चिकित्सक हुनुपर्ने प्रावधान छ । एघारौँ तहका वरिष्ठतम् भएकाले पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनी लामो सयमदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको निर्देशक पदमा कार्यरत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य
-
जुवातास खेलिरहेका ८ जना पक्राउ, हतियार पनि बरामद
-
दुई किलो ५ ग्राम चाँदीसहित भारतीय महिला पक्राउ
-
श्रीमानलाई जोगाउन जाँदा करेन्ट लागेर श्रीमतीको मृत्यु
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
वर्कसपमा भेटियो ३ सय १३ किलो गाँजा, एक जना पक्राउ