फिफा वरियतामा नेपालको सुधार
काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो ।
दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ ।
त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५ औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ । श्रीलङ्का २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।
त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण