चोरीका मोटरसाइकलसहित ७ जना पक्राउ

भक्तपुर – महानगरीय प्रहरी वृत थिमीले चोरीका मोटरसाइकलसहित केही व्यक्तीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र वृतको टोलीले ७ जनालाई सिन्धुपाल्चोक र भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरिय प्रहरी वृत्त थिमीका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
प्रहरीले बुधबार सुनकोशी गाउँपालिका वडा नम्बर ७ सिन्धुपाल्चोकका २४ वर्षीय विजय नेपाललाई सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालीको ड्याम साईटबाट पक्राउ गरेको हो ।
नेपालसँगै सोही जिल्ला जुगल गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय अर्बिन तामाङ्ग, बेलफी गाउँपालिका वडा नम्बर ३ का प्रकाश बहादुर तामाङ्ग र सोही स्थानका २५ वर्षीय राम बहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।
उनीहरु चार जनालाई इलाका प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रकाउ गरेको थियो । विहिबार चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटका बेसीका २३ वर्षका सुजन गुरुङ्गलाई वृत्त थिमीको टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी शनिबार चाँगुनारायण नगरपालिका वडा नम्बर १ का १९ वर्षका दीपक अर्याल र सोही स्थानका सुजन थापालाई पक्राउ गरेको वृत्तका डिएसपी कोइरालाले जानकारी दिएका छन् ।
उनीहरुले मोटरसाइकल चोरी गरेर नम्बर परिर्वतन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको र प्रहरीले उनीहरुको साथबाट तीन वटा चोरीका मोटरसाइकल समेत बरामद गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते
-
जुम्लाको छुमचौर जिउलोमा मार्सीधान रोपाइँ सुरु