छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बुटवल । दाङ र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
दाङमा एक व्यक्ति होटलमा मृत फेला परेका छन् भने गुल्मीमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको हो ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ स्वर्गद्वारी टोलमा रहेको निशान्त तन्दुरी होटलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।
शनिबार साँझ बास बस्न आएका व्यक्ति आज विहान मृत फेला परेको उनको भनाइ छ । मृत व्यक्तिको पहिचान हुन सकेको छैन । शवलाई पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने प्रहरी उपरीक्षक शाहको भनाई छ ।
यता, गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिपलधारा निवासी ६४ वर्षीय भीमबहादुर कुँवर (गोरवहादुर) लाई पनाहा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण