ललितपुरका पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसारका लागि वाकर्थन
ललितपुर– कुमारी बैंकले भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर वाणिज्यसंघको सहकार्यमा पदयात्रा गरेको छ ।
ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसारको अभिप्रायका साथ १९ कि.मि.को वार्मअप वाकर्थनको आयोजक ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको हो ।
कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्राको उद्देश्य भूकम्पले क्षतबिक्षत् भएको भीमसेन मन्दिर पुनर्निर्माण कोष संकलन थियो ।
“हाम्रो सम्पदा, हामी आफै बनाऔं” भन्ने महान् अभिलाषा सहित स्थापना कालदेखि नै सम्पदा संरक्षण र सम्बद्र्धनमा सदा सदैव अग्रणी भूमिका खेल्दै आएकोे यस ललितपुर उद्योग वाणिज्य संघले पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण दरबार स्क्वायर अवस्थित व्यवसायीहरुको आराध्यदेबको रुपमा पुजिँदै आएको भिमसेन मन्दिरको पुनर्निर्माणमा नेतृत्वदायी भूमिका बहन गर्दै मन्दिरको पुनर्निर्माणको कार्यको थालनी गरेको छ ।
यहि आउँदो आश्विन ४ गते पाटन दरबारस्क्वायर क्षेत्रबाट शुरु भई ग्वार्काे, इमाडोल, सानागाँउ, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठि, बुंगमति हुदै उक्त पदयात्रा ललितपुरको खोकनामा पुगेर सम्पन्न भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण