ट्रम्पले ओबामालाई नोबेल शान्ति पुरस्कार दिएकोमा प्रश्न उठाएः भने, ‘मैले पुरस्कार नपाउनु गलत’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोबेल पुरस्कार दिनेहरुको अन्यायपूर्ण रवैयाका कारण आफूले नोबेल शान्ति पुरस्कार नपाएको बताएका छन् ।
ट्रम्पले सोमबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको बैठकमा भने, ‘यदि उनीहरुले (नोबेल कमिटी) ले न्यायपूर्ण ढङ्गले उपहार दिने हो भने मैले थुप्रै कुराका लागि यो पुरस्कार पाउन सक्थेँ तर यस्तो हुन सकेन । ’
उनले अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले पाएको नोबेल पुरस्कारमाथि पनि प्रश्न उठाए । ओबामाले सन् २००९ मा राष्ट्रपति चुनाव जितेको ८ महिनापछि नै शान्ति पुरस्कार पाएका थिए ।
ट्रम्पले भने, ‘ओबामालाई सन् २००९ मा अन्तरराष्ट्रिय सहयोगलाई बलियो बनाएका कारण नोबेल शान्ति पुरस्कार दिइएको थियो । जबकी उनी केही दिन अघिमात्रै राष्ट्रपति बनेका थिए । ओबामा आफैंलाई पनि उनलाई किन शान्ति पुरस्कार दिइयो भनेर थाहा थिएन । यही एउटा कुरामा म ओबामासँग सहमत छु ।’
किमसँग चाँडै हुनसक्छ चौथो भेटः ट्रम्प
ट्रम्पले उनको र उत्तर कोरियाका नेता किम जोंग उनको चाँडै नै चौथो भेटघाट हुनसक्ने बताएका छन् । उत्तर कोरियाले यसपटक संयुक्त राष्ट्रको बैठकमा आफ्ना कुनै पनि प्रतिनिधि पठाएनन् । यद्यपि, ट्रम्पले चाँडै नै दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग यो मुद्दामा कुरा गर्नेछन् । दुई वर्षअघि युएनको मञ्चबाटै ट्रम्पले उत्तर कोरियालाई ध्वस्त गर्ने बताएका थिए । उनले किमलाई ‘लिटल रकेटम्यान’ को उपाधि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण