अंकितको स्कुल पुग्दा भावुक भइन् साम्राज्ञी
काठमाडौं । पछिल्लो समय फिल्म निर्माणमा परिवर्तन आएसँगै प्रचारशैली पनि फेरिएका छन् । निर्माता निर्देशक अचेल फिल्म प्रचारका लागि भिडभाड हुने ठाउँ भन्दा पनि स्कुल कलेज छिर्न थालेका छन् ।
केही निर्माता निर्देशक दर्शकको सेन्टिमेन्टस् क्याच गर्न आफू अथवा कलाकार पढेको स्कुलमा समेत फिल्म प्रचारका लागि पुग्ने गरेका छन् ।
यस्तै गरेको शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘रातो टिका निधारमा’ युनिटले पनि । युनिटले सोमबार फिल्मका अभिनेता अंकित शर्माले अध्ययन गरेको काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा पुगेर फिल्मको प्रचार गरेको छ ।
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसहित सो स्कुलमा पुगेका युनिटले विद्यार्थीसँग अन्तरक्रिया समेत गरेको थियो ।
कार्यक्रममा अभिनेता अंकितले आफू पढेको स्कुलको विद्यार्थीसँग विजयादशमीको शुभकामना आदान प्रदान गर्नुका साथे फिल्म अभिनय अनुभव समेत शेयर गरेका थिए ।
‘हामीले बाबुआमाको करकापमा यस्तो बन्ने, उस्तो बन्ने भनेर पढ्नु भन्दा पनि आफूलाई जुन विषय र क्षेत्रमा इच्छा जाग्छ, त्यतैतिर लाग्नुपर्छ । तब मात्र सफलता मिल्छ ,’ अंकितले भने ।
कार्यक्रममा अभिनेत्री साम्राज्ञी सबैको आकर्षणको केन्द्र बनेकी थिइन् । बिद्यार्थीले उनीसँग सेल्फी खिचाउन तछाडमछाड गरेका थिए ।
कार्यक्रममा साम्राज्ञी बाल्यकालको होस्टल जीवन सम्झिएर भावुक समेत भइन् । उनले होस्टल जीवनमा सबैभन्दा बढी परिवार मिस हुने सो अवसरमा बताइन् ।
रिलिजको केही दिनमात्र बाँकी रहँदा यो फिल्म युनिटले स्कुल कलेज प्रचार तीब्र बनाएको छ ।
अशोक शर्माको निर्देशन रहेको फिल्ममा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या
-
कोशी प्रदेश : हस्ताक्षर सनाखत सुरु
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै
-
बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
-
बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित