कपिल शर्मा पुनः विवादमा, अब सिद्धूसँग यस विषयमा गरे झगडा
कपिल शर्माको समस्याले कम हुने छाँटकाँट देखाएको छैन । अब उनले आफ्नो कार्यक्रमका पाहुना नवजोत सिंह सिद्धूसँग झगडा गरेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । उक्त विवाद सिद्धूको कुर्सीको विषयमा भएको बताइएको छ ।
स्रोतका अनुसार सिद्धूलाई अत्यधिक ज्वरो आएको थियो र उनको खराब स्वास्थ्यस्थितीका कारण कार्यक्रमको सुटिङ आइतबारसम्म रोकियो र उनको कुर्सी पनि एक्लियो ।
तर अब खबर यो आएको छ कि कपिलले आफ्ना पाहुना सिद्धू फर्कने दिनसम्म पर्खिएनन् र उनको स्थानमा अर्चना पूरन सिंहलाई राख्ने निर्णय गरे । यो कुरा सिद्धूलाई मन परेन र उनले कपिललाई फोन गरेर रोष व्यक्त गरे । कपिलले सिद्धूलाई पूरा कुरा सम्झाउने कोसिस गरे तर उनी केही सुन्नका लागि तयार थिएनन् ।
एक रिपोर्टका अनुसार सिद्धूले यस्तो प्रकारले फोन गरेपछि कपिलको समूहले तत्काल अर्चना पूरन सिंहलाई फोन गरेर सुटिङमा नआउनका लागि आग्रह गरे । उक्त कार्यक्रममा पाहुनाको रुपमा ज्याकलिन फर्नान्डिज र सिद्धार्थ मल्होत्रा समावेश हुने तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण