१२ अर्ब त के १२ रुपैयाँ नै भष्ट्राचार भएको प्रमाणित भए जे सजाय भोग्न पनि तयार छु: सञ्चारमन्त्री बास्कोटा (भिडियो)
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले आफुले १२ अर्ब हैन १२ रुपैयाँ मात्र भष्ट्राचार गरेको प्रमाणित भए जे सजाय भोग्न पनि तयार रहेको बताएका छन् । बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले प्रश्न गर्दै एक अनलाइन मिडियाले सञ्चारमन्त्रीले १२ अर्ब भष्ट्राचार गरेको समाचार प्रकाशन गरेको छ यो के हो भनेर प्रश्न गरेका थिए ।
मन्त्री बास्कोटाले जवाफ दिँदै आफूले यसबारेमा संसदीय समितिमा जवाफ दिएको बताए । उनले छानविन गर्ने निकायबाट छानविन हुन्छ भने त्यसका लागि पनि तयार रहेको बताए । उनले भने– ‘१२ अर्ब हैन १२ रुपैयाँ मात्र भष्ट्राचार भएको प्रमाणित हुन्छ भने म जे सजाय भोग्न पनि तयार छु । यसप्रकारको अफवाहको पछाडि लाग्नुपर्ने छैन । म यो पनि भन्न चाहन्छु कुन कुन निकायहरु छन् अख्तियारले छानविन गर्न सक्छ, संसदीय समितिले छानविन गर्न सक्छ, सिआइविले छानविन गर्न सक्छ, नेपाल सरकार आफै छानविन गर्न सक्छ, नेपाली मिडिया आफै छानविन गर्न सक्छ, त्यहाँबाट पुगेन भने को ल्याउन सक्नुहुन्छ ? सिआइए, एजिवी अरु अरु नाम चलेका एम सिक्स, जे जे ल्याएर छानविन गरेपनि मलाई कुनै परवाह हुने छैन ।’
उनले गलत तरिकाको, अर्थहीन आरोपको जवाफ दिन आवश्यक नै नरहेको बताए । उनले पत्रकारिताको माध्यमबाट आफवाह फैलाएर मान मर्यादा घटाउने काम गरिरहेको बताए । उनले भने– ‘त्यसैले नेपाली पत्रकारिताले आफ्नो जिम्मेवारी, आफ्नो गरिमा, यस प्रकारको अफवाहपूर्ण कुराहरुबाट आफ्नै मान र मर्यादा घटाइरहेको छ । सत्य तथ्य जे छ त्यसको धुमधड्का गरेर लेखे हुन्छ, त्यसमा सहयोग गर्न तयार हुन्छु । हच्किनुपर्ने कुरा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण