रौतहटको कटहरिया नगरपालिकामा तोडफोड
रौतहट– शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन् । तोडफोडबाट लाखौंको क्षति भएको छ । कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।
एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिकाका आक्रोशित विद्यार्थीहरुले एकाबिहानै आज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी दुईवटा भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएका छन् भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गरेका छन् ।
उनीहरुले नगरपालिकाका एसीमा पनि तोडफोड गरी पूर्णरुपमा क्षति पुरयाएका छन् भने नगरपालिकाको पश्चिम पटी निर्माण भएको नयाँ भवनका ५० वटा सिसाको झयाल पनि कामै नलाग्ने गरी फुटाएका छन् । विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएका छन् भने विधुतीय उपकरणहरुमा पनि क्षति पुरयाएका छन् ।
रौतहट क्षेत्र नं ३ (ख) का प्रदेश सांसद कुन्दन कुश्वाहाले मावि भसढेवाका प्रधानाध्यापक राममंगल प्रसाद यादव र शिक्षक सचिन्द्रप्रसाद यादवको कारण नगरपालिकामा यस्तो घटना घटेको आरोप लगाए । सरुवा गरिएको ठाउँमा नजाने मनसायले प्रअ यादव र शिक्षक सचिन्द्रले सुनियोजित र योजनावद्ध तरिकाले नगरपालिकामा आफना मान्छे र आफन्तलाई विद्यार्थीको रुपमा प्रयोग गरेर आक्रमण गरेको प्रदेश सांसद कुश्वाहाले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण