७ हजार घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार अख्तियारको फन्दामा
परासी । पश्चिम नवलपरासीबाट ७ हजार रूपैयाँ घुससहित सशस्त्र प्रहरीका एक हवल्दार पक्राउ परेका छन् ।
घुमुवाको रूपमा काम गर्दै आएका सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कायर्रत सहायक हवल्दार ज्ञानेन्द्र मौर्यालाइ अख्तियार दुरूप्योग अनुसन्धान आयोग कार्यालय बुटवलले ७ हजार रूपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
सहायक हवल्दार मार्या एक व्यपारीसँग अवैध रूपमा ७ हजार रूपैयाँ घुस रकम लिदै गर्दा उनी रंगे हात पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ ।
व्यापारीको सरसमान सहज रुपमा गन्तव्य पुर्याउन सहयोग गर्ने भनी मौर्याले व्यपारीसँग घुस रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो ।
सो उजुरी अनुसार अख्तियारले शुक्रबार दिउँसो मौर्यालाइ व्यापारीसँग सात हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरि अनुसन्धान थालेको जनाएको छ । रकम दिने व्यपारीको नाम गोप्य राखिएको छ ।
सहायक हवल्दार मौर्याले व्यापारीसँग पटक पटक रकम मागेर हैरान गरेपछि अख्तियारबाट खटिएको टोलीले उनलाई गोपीगञ्जमा पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण