शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

शनिबार, ०९ साउन २०८३, १५ : ०२
शनिबार, ०९ साउन २०८३

नयाँ दिल्ली । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई दोषी ठहर गर्दै कक्रोच जनता पार्टीको आह्वानमा जन्तर-मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चल्दै आएको थियो। 

प्रधानको राजीनामाभन्दा कममा आफूहरू नसम्झिने आन्दोलनकारीहरूको भनाइ थियो। प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीका दीपकेले प्रतिक्रिया दिँदै भने, ‘मानिसहरू यो सरकारमा राजीनामा आउँदैन भन्थे। झुक्छ दुनिया, झुकाउने हुनुपर्छ।’

दीपकेले अगाडि भने, ‘धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। यदि मानिस डराउँदैनन् र यो सरकारसामु झुक्दैनन् भने जोकसैको राजीनामा गराउन सकिन्छ भन्ने कुराको यो प्रमाण हो। लोकतन्त्रमा डराउनुपर्ने आवश्यकता छैन।’

प्रधान स्वयंले सोसल मिडियामा पत्र सेयर गर्दै आफ्नो राजीनामाको जानकारी दिएका हुन् । धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीको प्रतिक्रिया आएको छ ।

पार्टीले पोस्ट गर्दै ‘कक्रोचको जित भएको’ बताएको छ । पार्टीले विगत ३६ दिनदेखि प्रधानको राजीनामा माग गर्दै जन्तर–मन्तरमा प्रदर्शन गरिरहेको छ । सामाजिक कार्यकर्ता सोनम वाङ्चुकले पनि प्रधानको राजीनामाका लागि यहाँ भोक हडताल गरेका थिए ।

1122
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप