समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
सारांश
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नेपाल सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारीहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्दै बचतकर्ताहरूलाई नियमित रूपमा रकम फिर्ता गरिरहेको छ।
- ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, प्राणघातक रोग लागेका बचतकर्ता, एकल महिला तथा पूर्ण अपाङ्ग वा अशक्त बचतकर्तालाई प्राथमिकता दिइएको छ।
- यसै प्राथमिकताका आधारमा साउन ८ गते विभिन्न ५ वटा सहकारीका ४८ जना बचतकर्तालाई प्रतिव्यक्ति २५ हजार रूपैयाँका दरले १२ लाख रूपैयाँ बचत फिर्ता गरिएको छ।
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नेपाल सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारीहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्दै बचतकर्ताहरूलाई नियमित रूपमा रकम फिर्ता गरिरहेको छ । सहकारी ऐन, २०७४, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश र नेपाल सरकारको १०० बुँदे घोषणापत्रअनुसार प्राथमिकीकरण गरी बचत फिर्ता भइरहेको छ।
समितिले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकले प्रमाणीकरण गरेका प्राणघातक रोग लागेका बचतकर्ता, एकल महिला तथा पूर्ण अपाङ्ग वा अशक्त बचतकर्तालाई वार्षिक रूपमा एकपटक रकम उपलब्ध गराउँदै आएको छ। त्यसैगरी ५ लाख रूपैयाँभन्दा बढी बचत रहेका बचतकर्तालाई एकपटकमा बढीमा ५० प्रतिशत नबढ्ने गरी नियमित बचत फिर्ता गर्ने काम सुरु गरिएको छ।
यसै प्राथमिकताका आधारमा साउन ८ गते विभिन्न ५ वटा सहकारीका गरी जम्मा ४८ जना बचतकर्तालाई १२ लाख रूपैयाँ बचत फिर्ता गरिएको छ। जसअनुसार कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लि.का ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लि.का ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लि। का ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लि.का २ जना र पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लि.का २ जना बचतकर्ता रहेका छन्।
उनीहरूलाई प्रतिव्यक्ति २५ हजार रूपैयाँका दरले रकम फिर्ता गरिएको हो। बचतकर्ताबाट प्राप्त निवेदन तथा मागदाबी रुजु गरी निर्धारित प्राथमिकता प्राप्त बचतकर्ताहरूको बचत फिर्ता कार्य नियमित गरिने समितिले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण