मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
काठमाडाैँ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शनिबार बिहान ढुंगासहितको पहिरो खस्दा एक होटलमा सुतिरहेका ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।
घटनापछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्बन्धित निकायलाई तत्काल राहत, उद्धारमा प्रभावकारी रूपमा जुट्न आग्रह गरेका छन्।
सभापति थापाले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहतसहित प्रभावकारी पहलका लागि सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका हुन्।
पेमा लामाको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगासहितको पहिरो खसेको थियो। घटनामा रमेश बडुवालको मृत्यु भएको छ भने जगनाथ र सृजना बडुवाल घाइते भएका छन्। पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
घटनास्थल वरपर रहेका अन्य आठ वटा घरसमेत जोखिममा परेपछि ती घरमा बसोबास गर्ने परिवारलाई नजिकैको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण