सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले जनतालाई राहत दिन सकेन : नेता सिंह

शनिबार, ११ असोज २०७६, १२ : ५२
शनिबार, ११ असोज २०७६

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन् । 

काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले चाडपर्वको बेला महङ्गी ह्वात्तै बढेको बताए । 

‘दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन’– उनले भने । जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उनको भनाइ थियो । 

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गरे । ‘सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन’, नेता सिंहले भने । 

नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप