कम्युनिस्ट सरकारले दुई तिहाइको दुरुपयोग गर्यो : काँग्रेस नेता खाँण
जनकपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान संविधानप्रति सबैको स्वामित्व बढाउन संशोधन गर्नुपर्ने बताएका छन् ।
सोमबार जनकपुरमा प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका खाँणले संविधान सर्वस्वीकार्य हुन संशोधन जरुरी रहेको बताएका हुन् । ‘मधेशी, आदिवासी जनजाती, महिला, दलित, हरेक वर्ग, र क्षेत्रलाई सर्वस्वीकार्य हुन संशोधन आवाश्यक छ’ नेता खाडले भने, ‘संविधान बहुलवादमा आधारित छ ।
तर सरकारले संसदीय व्यवस्थालाई बाईपास गरी कार्यकारी प्रणालीलाई कार्यान्वयन गरेर दुई तिहाईको सरकार अघि बढ्न चाहेको छ ।’ उनले सरकारलाई निरंकुश हुनबाट बचाउन, संसदीय व्यवस्था र लोकतन्त्रलाई टिकाउन काँग्रेस अडिग रहेको बताए ।
उनले नेकपा नेतृत्व सरकारले चीन सरकारसँग सी विचारधाराका लागि गरेको सम्झौताले मुलुकलाई एक दलिय अधिनायकत्व लाद्न खोजेको आरोप लगाए । ‘अहिलेकोे कम्यूनिष्ट सरकारले दुई तिहाई मतको दुरुपयोग गरेको छ । नेपालमा चीनमा जस्तो कम्यूनिष्टकरण हुन कुनै हालतमा हामी दिदैनौ’ खाँणको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण