दुबईमा माइक्रो बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
सोमबार, १३ असोज २०७६, २१ : ५७

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परेर ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।
सोमबार बिहान माइक्रो बस लरी ट्रकसँग ठोकिदा दुर्घटना भएको हो । बसमा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेहरु नेपाली नागरिक नरहेको बुझिएको छ । माइक्रो बसमा १३ जना सवार थिए।
मृत्यु हुने नेपाली कामदारको नाम खुलेको भए पनि ठेगाना खुलिनसकेको नेपाली दूतावासले जनाएको छ ।
मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन्। ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे। मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
-
अमेरिकामा ६० खेलपछि कस्तो छ मेस्सी र पेलेको कीर्तिमान ?