दुबईमा माइक्रो बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
सोमबार, १३ असोज २०७६, २१ : ५७
काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परेर ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।
सोमबार बिहान माइक्रो बस लरी ट्रकसँग ठोकिदा दुर्घटना भएको हो । बसमा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेहरु नेपाली नागरिक नरहेको बुझिएको छ । माइक्रो बसमा १३ जना सवार थिए।
मृत्यु हुने नेपाली कामदारको नाम खुलेको भए पनि ठेगाना खुलिनसकेको नेपाली दूतावासले जनाएको छ ।
मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन्। ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे। मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण