मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महिलामाथि दुर्व्यवहारको घटनाबारे बोले सभामुख महरा

सोमबार, १३ असोज २०७६, २३ : २५
सोमबार, १३ असोज २०७६

काठमाडौं-संसद सचिवालयमा कार्यरत एक महिलामाथि दुर्व्यवहार भएको घटना बाहिरिएपछि संघीय संसदका सभामुख कृष्णबहादुर महराले समान्य विषयलाई मिडियाले बढाईचढाई गरेको आरोप लगाएका छन् । रातोपाटीसँग कुरा गर्दै सभामुख महराले यो सामान्य विषय भएकोले यसलाई बढाईचढाई गरिएको र यसको खण्डन हुने बताए । 

घटनाबारे यस्तो छ सभामुख महराकोे संक्षिप्त प्रतिक्रियाः 

तपाईमाथि गम्भीर खालको आरोप छ कुरा के हो स्पष्ट पार्दिनुस् न ?

– कुरा के हो भने संसद सचिवालयमा स्वास्थ्यको दरबन्दी छैन । संसद सचिवालयमा जतिजना स्वास्थ्यमा काम गर्नुहुन्छ, सबैजना काजमा आउनुभएको छ । उहाँहरुलाई समान्य प्रशासन मन्त्रालयले कतै कतै खटायो काजमा । मैले काजमा खटाएकोलाई यता ल्याईदिन्छु भन्या थिए ।

अहिले समान्य प्रशासनले जे भन्यो त्यही मान्नुपर्यो नि दरबन्दी छैन । ती महिलाले मलाई भनेको के हो भने दरबन्दी यहाँ क्रिएट गर्दिनुस् दरबन्दी नहुँदा बिग्रियो । दरबन्दी बाहिरै बाहिरै पठाएको आरोप लागिरहेको थियो । मैले अहिले जहाँ जहाँ हुनुहुन्छ त्यहाँ त्यहाँ जानुस् पछि काजमा मिलाउला भनेको थिए । त्यही कुरालाई लिएर बढाई चढाई के –के कुरा न्युजमा आएको हो । त्यसमा केही सत्यता छैन । म त्यहाँ गएको होइन । मेरो चश्मा मसँगै छ त्यस्तो जुत्ता पनि छैन मेरो । 

तपाईमाथि किन आरोप लगाउनुभयो ?

–म त्यहाँ गएको छैन । 

हिजो बेलुका कहाँ हुनुहुन्थ्यो ?

–घरमै थिए ।
यस्तो गम्भीर आरोप लागेको छ कसरी अगाडि बढ्नु हुन्छ ?

–यो केही होइन, यसको खण्डन हुन्छ । 

यद्यपि, सभामुख महराको निजी सचिवालयले आरोपको खण्डन गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप