युनाइटेड र आर्सनलले अंक बाँडे
इङ्लिस प्रिमियर लिग फुटबलका बलिया टोली म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले आर्सनलसँग १–१ गोलको बराबरी खेलेको हो ।
युनाइटेडले सुरुवाती अग्रता लिएर पनि बराबरीमा चित्त बुझाएको थियो । खेलको ४५औं मिनेटमा युनाइटेडक स्कट म्याकटोमिनीले खाता खोलेका थिए । पहिलो हाफमा पछि परेको आर्सनलले ५८औं मिनेटमा बराबरी गोल फर्कायो । आर्सनलका पिर्रे इमरिक ओउवामियाङले बराबरी गोल गरेका थिए ।
पिर्रेको गोललाई सुरुमा रेफ्रीले अफसाइड दिएपनि भिएआरको सहायताले पुनः गोलको मान्यता दिईएको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीले लगातार गोल गर्ने अवसर बनाएपनि सफल हुन सकेनन् । इन्जुरी समयमा समेत दुईवटा उत्कृष्ट पोस्ट् प्रहार गरेको युनाइटेड अन्तमा बराबरीमा रोकियो ।
बराबरीसँगै सात खेलबाट नौ अंक बनाएको युनाइटेड तालिकाको १०औं स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको आर्सनल चौथो स्थानमा छ । अपराजित यात्रा कायम राखेको लिभरपुल २१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले १६ र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको १४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण