शिवम् सिमेन्टले १६ प्रतिशत लाभांश दिने
काठमाडौं – शिवम सिमेन्टसले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई लगभग १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको असोज १३ गते बसेको बैठकले चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको निर्णय अनुसार शिवम सिमेन्टले आर्थिक वर्ष २०७५/०७६ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी रु ४ अर्ब ४० करोड रुपैयाँको १५.७८९५ प्रतिशत अर्थात् ६९ करोड ४७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको कार्तिक ८ गते राष्ट्रिय सभा गृहमा आह्वान गरिएको चौंथो वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुने कम्पनीले बताएको छ ।
४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको वितरण गर्न मिल्ने रकम ९३ करोड र शेयरधनी कोषमा तीन अर्ब २२ करोड रहेको र सोही रकमबाट कम्पनीले लाभांश प्रस्ताव गरेको जनाएको छ ।
यही असोज २८ गते मंगलबारसम्म कायम रहने शेयरधनीले उक्त लाभांश पाउने पनि कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण