कमल थापा पहिलो
काठमाडौं– नेपालका कमल थापाले नेपाल आईटीएफ सिनियर्स वल्र्ड ¥याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत ५५ वर्षमाथि पुरुष सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा कमलले नेपालकै प्रदीपबहादुर शाहलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्स ६० वर्षमाथि अमेरिकाका एजेएस छत्वालले अस्ट्रेलियाका रोबर्ट म्याक गुइगानलाई ६–४, ७–६ (७–५) ले पहिलो भए । ५० वर्षमाथि पुरुष सिंगल्समा भारतका तुलेश्वरसिंह थोङबाम पहिलो भए ।
उनले फाइनलमा भारतकै शंकर कृष्णस्वामीलाई ६–२, ४–६, १–२ (रिटायर्ड) पाखा लगाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा डेनमार्कका निकोलाई रास्त्रुपले बाजी मारे । उनले फाइनलमा भारतका योगेश कोहलीलाई ६–०, ६–० ले सहजै पन्छाए । ४० वर्षमाथि पुरुष सिंगल्समा भारतका दीपक मार्वाहाले नेपालका महेश श्रेष्ठलाई ३–६, ६–२, ६–४ को सेटमा पराजित गरे । पुरुष सिंगल्स ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले नेपालकै भीष्मजंग गुरुङलाई ६–३, ६–३ ले पराजित गर्दै पहिलो भए । पुरुष डबल्स ४५ वर्षमाथि भारतका योगेश कोहली र शंकर कृष्णस्वामीको जोडीले नेपालका प्रताप मोक्तान र जितेन्द्र प्रधानको जोडीलाई ६–४, ६–३ ले पाखा लगाउँदै शीर्ष स्थान हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण