१६ तोला सुनसहित काठमाडौंको चाबहिलबाट दुईजना पक्राउ
काठमाडौं- काठमाडौंको चाबहिलबाट प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्तबाट खटिएको सिभिल प्रहरी केशर महतरा र सुरेश चन्दको टोलीले विषेश सुराकीको आधारमा सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका ११ का वर्ष ४० का धुर्व बहादुर दलामी र बाग्लुङग जयमानी नगरपालिका २ घर भई काठमाडौंको गोगंवु वस्ने २५ वर्षीय निरबहादुर परियार रहेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी बृत्त किर्तिपुरका डिएसपी छेदलाल कामतीका अनुसार दुवईबाट अवैध सुन आउँदैछ भन्ने सुचना प्राप्त हुनासाथ सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले त्रिभुवन विमानस्थलवाट सुन पास भइसकेपछि अप्रेसनका लागि टोली परिचालन गरेको थियो । सोही प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ तोला १४ लाल बराबरको सुनको बाला बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसको मूल्य अन्दाजी १२ लाख बराबर हुने डिएसपी कामतीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई अनुसन्धान पश्चात सुनसहित राजस्व कार्यलय पुल्चोक पठाइएको कितिपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा सार्वजनिक
-
अमेरिकी आणविक वैज्ञानिक र रक्षा कम्पनीका इमेल रुसी ह्याकरहरूको निशानामा
-
फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण