रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा सार्वजनिक
सारांश
- स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई सुदृढ पार्न नयाँ स्मार्ट वेयरेबल उत्पादनहरूको पोर्टफोलियो सार्वजनिक गरेको छ।
- कम्पनीले रियलमी बड्स टि१००, रियलमी बड्स टि२००, रियलमी बड्स टि५०० प्रो र रियलमी वाच डब्लु५ विभिन्न मूल्य वर्गमा नेपाली बजारमा उपलब्ध गराएको छ।
- यी नयाँ उत्पादनहरूले उत्कृष्ट अडियो अनुभव, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगमा सहजता प्रदान गर्ने लक्ष्य राखेका छन्।
काठमाडौँ। स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्मार्ट वेयरेबल उत्पादनहरूको नयाँ पोर्टफोलियो नेपाली बजारमा उपलब्ध गराएको छ।
उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित कम्पनीले रियलमी बड्स टि१००, रियलमी बड्स टि२००, रियलमी बड्स टि५०० प्रो र रियलमी वाच डब्लु५ बजारमा ल्याएको हो। यी उत्पादनहरू विभिन्न मूल्य वर्गमा उपलब्ध भएकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेट अनुसार सहज रूपमा छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।
दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको रियलमी बड्स टि१०० मा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, स्पष्ट भ्वाइस कलका लागि एआई न्वाइज क्यान्सलेसन, आईपीएक्स५ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा, टाइप–सी चार्जिङ तथा चार्जिङ केससहित कुल २८ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ। कालो रङ्गमा उपलब्ध यस इयरबडको मूल्य २ हजार ४ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ।
उत्कृष्ट र अझ गहिरो अडियो अनुभव चाहने प्रयोगकर्ताका लागि १२.४ एमएम डाइनामिक बास ड्राइभर, हाई–रेज अडियो सपोर्ट, ब्लुटुथ ५.४ तथा बाह्य आवाज कम गर्ने एक्टिभ न्वाइज क्यान्सलेसन सुविधायुक्त रियलमी बड्स टि२०० ल्याइएको छ। यसमा टच कन्ट्रोल, आईपी५५ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा तथा एकपटकको चार्जमा १० घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ। हरियो रङ्गमा उपलब्ध यस इयरबडको मूल्य ४ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ।
प्रिमियम अडियो अनुभव र एआईमा आधारित स्मार्ट सुविधा खोज्ने प्रयोगकर्तालाई लक्षित गरी रियलमी बड्स टि५०० प्रो उपलब्ध गराइएको छ। यसमा १२.४ एमएम टाइटेनियम प्लेटेड डाइनामिक ड्राइभर, ब्लुटुथ ६.१, एक्टिभ न्वाइज क्यान्सलेसन तथा एकपटकको चार्जमा १३.५ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ। साथै, यसमा एआई लाइभ ट्रान्सलेटर र एआई फेस–टु–फेस ट्रान्सलेटर जस्ता सुविधा समावेश गरिएका छन्, जसले विभिन्न भाषाबीचको प्रत्यक्ष संवादलाई अझ सहज बनाउँछ। कालो रङ्गमा उपलब्ध यस इयरबडको मूल्य ७ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ।
यसैगरी, यस पोर्टफोलियोलाई पूर्णता दिने रियलमी वाच डब्लु५ मा १.९७ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले, स्वास्थ्य अवस्था निरन्तर अनुगमन गर्ने सुविधा, स्मार्ट कनेक्टिभिटीका विभिन्न फिचर तथा सामान्य प्रयोगमा १४ दिनसम्म टिक्ने ब्याट्री क्षमता रहेको छ। यो स्मार्टवाच आईओएस ११ तथा एन्ड्रोइड ९.० वा सोभन्दा माथिका डिभाइससँग उपयुक्त हुनेछ। कालो रङ्गमा उपलब्ध यस स्मार्टवाचको मूल्य १० हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण