निवर्तमान सभामुख महरा पक्राउ
आइतबार, १९ असोज २०७६, १७ : ३०
१
काठमाडौं – यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो ।
महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको बुझिएको छ । आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ।
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए।
महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण