छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
काठमाडौँ । सिन्धुपाल्चोक, उदयपुर, बर्दिया, सोलुखुम्बु र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा बा १९ च ३५५५ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ६५ वर्षीय कृष्ण राज ढकालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका–५ स्थित सडकमा बा २ ख ६५८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही नगरपालिका घलेगाउँ बस्ने भीमबहादुर घलेको छोरी ३ वर्षीया प्रेरणा घलेको जिल्ला अस्पताल चौतारा मा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, कटारी नगरपालिका–२ स्थित सडकमा को १ ज ३४०० नम्बरको जिपले ज ५ प ७५५७ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका–९ लदाह भिर बस्ने ३४ वर्षीय रूपेन कुमरको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, बाँसगढी नगरपालिका–८ स्थित सडकमा भे ५ प ३१८० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४७ वर्षीय बालकृष्ण था?को नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएकी मृतकको श्रीमती ४५ वर्षीया सीता प्यारी था?को सोही अस्पतालमा उपचार भइरहेको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक बाँसगढी नगरपालिका(७ देउडा बस्ने २३ वर्षीय दिनेश था?को मेडिकल कलेज कोहपुरमा उपचार भइरहेको छ ।
सोलुखुम्बु, दुधकुण्ड नगरपालिका–११ बरडाँडास्थित सडकमा बा १५ च ९४२० नम्बरको बलेरो जीप शनिबार राति अनियन्त्रित भई सडकबाट खसेर ना १ ज ५३४२ नम्बरको टाटा सुमो जिपमाथि खस्दा बलेरो जिप चालक नेचा सल्यान गाउँपालिका–२ बस्ने २१ वर्षीय लेख बहादुर खडकाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ना–१ ज ५३४२ नम्बरको टाटा सुमो जिपका चालक समेत ९ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ ।
यता, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१४ राता नाग्लास्थित सडकमा भे १ ज १०८४ नम्बरको जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार जुम्ला गोठीचौर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेन्द्र शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण