तन्त्रमन्त्रबाट छोरा जन्मिने प्रलोभन देखाएर ठगी
रौतहट– मन्त्र तन्त्रबाट छोरा जन्मिने प्रलोभनमा एक महिलाले ठगी गरेको पाइएको छ । गढीमाई नगरपालिकास्थित नट टोलकी ४५ बर्षिया जैतुन खातुनले दुईछोरी मात्र रहेका कटहरिया ५ का रामबाबु महरा चमारलाई छोरा जन्मिने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको हो । जडीबुटीको उपचार र पाँच प्रकारको बली दिएर मन्त्रतन्त्रबाट छोरा हुने प्रलोभनमा देखाउँदै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
उनले ठगी गरेको पाइएपछि स्थानीय पत्रकार संजय मिश्राको पहल र जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको निर्देशनमा रकम फिर्ता गराइएको छ ।
खातुनले महराको श्रीमती समेत र एक महिला समेतलाई प्रभावमा पारेर पटक पटक गरी सो रकम ठगी गरेकी थिइन् ।
उनलाई इलाका प्रहरी कार्यालय गरुडाबाट सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेसँगै आफ्नो गल्ती स्वीकार गरेकी थिइन् । त्यसपछि उनले रकम फिर्ता गरेको कटहरिया नगरपालिकाका ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण