के होला त सी र मोदीबीच ‘कश्मीर मुद्दामा’ छलफल ?
काठमाडौं– चीनले भारत–पाकिस्तानको कश्मीर विवाद युएनले सुल्झाउनुपर्ने अभिव्यक्ति दिएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणमा यो विषय उठ्छ या उठ्दैन भन्ने बहस शुरु भएको छ ।
चीनले कश्मीर मुद्दामा पाकिस्तानको पक्ष लिएपछि भारतमा निकै आलोचना भएको थियो । यो विषयलाई लिएर भारतमा चीनको विरोध भइरहेको छ । हङकङ र कश्मीरको मुद्दा उठाएर भारतका विभिन्न ठाउँमा त्यसको विरोध भइरहेको छ ।
चीनले पाकिस्तानलाई साथ दिएपछि कश्मीर मुद्दा भारत र पाकिस्तानको आन्तरिक मुद्दा भएको भन्दै भारतले आफ्नो धारणा सार्वजनिक गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार यो अनौपचारिक भ्रमण भएकाले प्रधानमन्त्री मोदीले कश्मीर मुद्दामा केही कुरा गर्ने छैनन् तर राष्ट्रपति सीले यसबारे चर्चा गरे भने उनको जवाफ हुनेछ –‘भारत–पाकिस्तानको यो आन्तरिक मामिला हो ।’
कश्मीर मुद्दामा चीनको अडान कायमै छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुवाङ्ले बुधवार पत्रकार सम्मेलन गर्दै कश्मीर मुद्दामा चीनको अडान कायम रहेको छ । यद्यपी यो विषयमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी बीच कुराकानी हुने या नहुने भन्नेमा उनले केही बोलेनन् ।
भारतका लागि चिनियाँ राजदूत सुन वेगदोङले चीन र भारत एकअर्काका लागि खतरा होइन, दुवै देश अर्काको शक्ति रहेको धारणा राखेका थिए । उनले दुवै देश विकासका मुद्दामा अगाडि बढ्ने बताएका छन् । दुवै देशको मित्रताले अन्य देशलाई पनि फाइदा हुने उनले विश्वास व्यक्त गरेपनि कश्मीर मुद्दामा स्पष्ट जवाफ दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण