तस्बिरमा हेर्नुहोस् चिनियाँ राष्ट्रपति र नेकपा नेताहरुबीचको सामूहिक भेटवार्ता
आइतबार, २६ असोज २०७६, ११ : ०७
काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच आइबार बिहान सामूहिक भेटवार्ता भएको छ ।
होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।
भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् । सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् ।
सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच पनि एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको छ ।
शनिबार दुई दिने नेपाल भ्रमणको सिलसिलामा आएका सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण