अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा उनीहरुबीच करिब आधा घण्टा भेटवार्ता भएको हो । भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक रुपमा सम्पन्न भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
भेटवार्तामा दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकासबारे छलफल भएको जनाइएको छ । छलफलमा अध्यक्ष प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा भएको चीनको भ्रमण, त्यसपछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण समेत गरेका थिए । प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार समेत व्यक्त गर्दै दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु ।’
अध्यक्ष प्रचण्डले बिआरआईमा हस्ताक्षर गरी नेपाल र चीन बीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको समेत दाबी गरेका थिए । उनले दुबै देश र जनताको हितको निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरुको छनौट र तीब्र क्रियान्वयनमा जोड दिनुपर्ने बताए ।
भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउँदै समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ,’ राष्ट्रपति सीको भनाई थियो । उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण