अक्टोबर ३१ मा नै ब्रेक्जिट बेलायती सरकारको प्राथमिकता: बेलायती महारानी
लण्डन– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गरेका छन् । उक्त कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ ।
कार्यक्रममा महारानी एलिजावेथ द्वितीयले संसदलाई सम्बोधन गर्दै सरकारले प्राथमिकतामा राखेका यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट), फौजदारी दण्ड र सजायँ तथा वातावरणसम्बन्धी बिषयसमेत विभिन्न २६ वटा कार्यसूची घोषणा गरे ।
बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा बहिर्गमनका लागि बहुमत आएको भएपनि ब्रेक्जिटका लागि पूर्व प्रधानमन्त्री टरिजा मे र जोनसनले गरेका प्रस्ताव बेलायती संसदमा अनुमोदन हुन सकेका छैनन् ।
‘मेरो सरकारले संयुक्त अधिराज्यलाई इयूबाट अक्टोबर ३१ मा नै बर्हिगमन गराउनका लागि सधैँ उच्च प्राथमिकता राखेको छ,’ त्रियानब्बे महारानी एलिजावेथले भब्य तथा शानदार गद्दीबाट सरकारी अधिकारीहरूले तयार पारेका शब्दहरूद्वारा संसदमा सम्बोधनका क्रममा भनिन् ।
‘मेरो सरकारले यूरोपेली संघसँग भविष्यका लागि स्वतन्त्र व्यापार र मैत्रीपूर्ण नयाँ साझेदारीका कार्यहरू गर्न चाहिरहेको छ,’ उनले भनिन् । इयूबाट बहिर्गमन सहमतिका लागि बनेका नीतिहरू बेलायती कानून अनुकुल प्रधानमन्त्री जोनसनले बहिर्गमनपूर्व ब्रसेल्ससँग यही महिनाको अन्त्यसम्ममा सहमति गर्न गरिएको प्रयास अनुरूप तयार भएका छन् ।
बेलायती कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोनसनले ब्रेक्जिट कुनै पनि हालतमा यही महिनामा हुनुपर्ने दोहोराउँदै आएका छन् ।
यदि जोनसनले इयूसँग आगामी बिहीबार सम्झौता गर्न सफल नभएमा सम्झौताहीन अवस्थामा बहिर्गमन भएर राजनीतिक सङ्कट आउन नदिनभन्दा थप केही समयका लागि प्रक्रियालाई लम्ब्याउने अनुमति लिनुहुने अनुमान विश्लेषकहरूले गरेका छन् । –एएफपी/photo: NDTV
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण