चिनियाँ राष्ट्रपति सीको भ्रमणमा प्रदर्शन गर्ने आशंकामा पक्राउ परेकी नेतृको रिहाईको माग

काठमाडौं– राष्ट्रपति सी चिनफिङको भ्रमणलाई विरोध तथा प्रदर्शन गर्ने आशंकामा पक्राउ परेकी समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई रिहा गर्न राष्ट्रिय जनता पार्टी नेपालको विद्यार्थी संगठनले माग गरेको छ । अन्तरपाटी महिला सञ्जाल सप्तरीको अध्यक्ष समेत रही नेतृ साहलाई सप्तरी प्रहरीले असोज २३ गते उनकै नीजि निवासबाट पक्राउ गरेको थियो । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी आएको बेला काठमाडौंमा प्रदर्शन गर्दा समेत उनी पक्राउ परेकी थिइन् ।
त्यतिबेला उनलाई तारेखमा छाडिएको थियो तर राष्ट्रपति सीको भ्रमणका क्रममा समेत प्रदर्शन गर्ने आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि समाजवादी पार्टीले एक विज्ञप्ति जारी गरी नेतृ साह आफ्नो पार्टीमा नरहेको जनाएको थियो । तर राजपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष किशोरकुमार यादवले एक विज्ञप्ति जारी गरी उनलाई रिहा गर्न माग गरेका छन् ।
उनलाई तत्काल रिहा नगरे त्यसपछि उत्पन्न परिणामको भागिदार सरकार र सम्बन्धित पक्षनै हुने चेतावनी समेत दिएको छ । विवाह गर्ने बहानामा चीनमा नेपाली चेलीबेटी वेचविखन भइरहको भन्दै नेतृ साहसहितका महिलाहरुले विरोध प्रदर्शन गरेका थिए । नेपाली चेलीबेटीको बचाउ र रक्षा गर्न माग गर्दा उल्टै अभद्र व्यवहारको मुद्दा चलाएको गुनासो विद्यार्थी संगठनले गरेको छ । विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारको खिल्ली उडाएर साहप्रति नराम्रो व्यवहार गरेको गुनासो सो संगठनले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ