सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसङ टिभी उपहार
काठमाडौं– कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेत को दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ सम्पन्न भएको छ । यही सेप्टेम्बर २० मा भएको कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजकको रुपमा रहेको थियो ।
सो कार्यक्रममा ८ सय भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागीता रहेको थियो । जसमा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमले प्रस्तुती दिएका थिए ।
कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित दर्शकहरुमा लक्की ड्र सञ्चालन गरेको थियो । जसको बिजेता जय बहादुर थापाले उपहार स्वरुप सामसङ को ३२’’ को टि.भी. प्राप्त गरे । सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।
नेपालका लागि सामसङ उत्पादन हरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टि.भी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफरसँग साझेदारी गरेको छ ।
सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन ।
यो इनिशिएसन गत जुलाईबाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहीत गर्न यस्तो इनिशिएसन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण