कुमारी बैंक र नेपाल ग्याँस ईन्डष्ट्रीजबीच सहकार्य
काठमाडौं– कुमारी बैंक लिमिटेड र देशकै पहिलो एलपी ग्याँस आयातकर्ता एवम् विक्रेता कम्पनी नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ ।
सो सहकार्य पश्चात् नेपाल ग्याँसका वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत आफ्नो बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन् । सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्याँस ईन्डष्ट्रीजका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरे ।
उक्त सहकार्य पश्चात् नेपाल ग्याँसका आधिकारिक विक्रेताहरूका लागी कुमारी बैंक लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर हुनेछ । सो पश्चात् कुमारी बैंकका ग्राहकहरूले प्रत्येक नेपाल ग्याँस खरिदको भुक्तानीमा रू ५० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
ग्याँस सिलिन्डर खरिद विक्रीको भुक्तानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागु हुनेछ । यसैगरी, कुमारी बैंकले नेपाल ग्याँसका वितरकहरूलाई क्यू आर पेमेन्ट प्रणाली लगायत बचतको बानी तथा बैंक खाता सञ्चालन सम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । उक्त क्यासब्याक सुविधा सम्झौता यहि कार्तिक १ गते देखि लागु हुनेछ ।
आफूलाई समसामयिक प्रविधिको अग्रणी तथा द्रुत अनुकरण गर्न सफल कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ८ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदँै आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण