एनआरएन युरोप संयोजकमा आचार्य, उपसंयोजकमा तिमल्सिनासहित तीन जना निर्वाचित
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबाट युरोप क्षेत्रीय संयोजकमा नारायण प्रसाद आचार्य विजयी भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न एनआरएनको निर्वाचनबाट उनी अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । उनले २७४ मतसहित विजय हाँसिल गरे ।
यसैगरी निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमार भट्टराईले २७१ मत ल्याए । भट्टराई जम्मा तीन भोटले मात्र पराजित भएका हुन् । यस्तै संयोजकका अर्का प्रत्यासी गंगाधर गौतमले ११२ तथा पदम गुरुङले १९४ मत ल्याए ।
यसैगरी युरोप क्षेत्रीय उपसंयोजक पदमा कृष्ण प्रसाद तिमल्सिना ३५७ मतसहित विजयी भए । हाल बेलायतमा व्यवसाय गर्दै आएका धादिङ धुँवाकोटका उनी युरोप क्षेत्रमा समाजसेवीका रुपमा पनि चिनिन्छन् ।
यसैगरी उपसंयोजक पदमै मुक्तबहादुर गुरुङले ३६९, शुक्रराज न्यौपानेले २८३ मत ल्याउँदै विजय हासिल गरे । ३ जना चयन हुने उपसंयोजक पदमा ७ जनाको उम्मेदवारी परेकोमा सुरेन्द्र प्रधान (२०१) नवराज रोस्यारा (२६९), कुमार पण्डित (२७६) र बालकृष्ण श्रेष्ठ २०७ मत ल्याउँदै पराजित भए ।
यसैगरी युरोप महिला संयोजकमा कुमारी योगिता थापा र युवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त शिवप्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
