नेपाल भ्रमण वर्षको सचिवालय र एनआरएनएबीच १७ बुँदे समझदारी
काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच १७ बुँदे समझदारी भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीमा विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ ।
सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्न सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ ।
यस्तै नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरी विश्वका प्रमुख सहरमा कार तथा साइकल ¥याली गर्ने, संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघसंस्थामा आवद्ध नेपालीका माध्यमबाट संघले उनीहरुको रोजगारदाता, व्यावसायिक साझेदार संघसंस्था तता व्यक्तिलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने जनाइएको छ ।
समझदारीअनुसार संघले गैर आवासीय नेपालीका विश्वभर रहेका व्यावसायिक फर्म तथा होटेल, रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्री राखेर प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामग्री वितरण गर्नेछ ।
यसैगरी संघले विश्वभर कम्तीमा ५० देशमा ‘मिस एनआरएन इन्टरनेशनल’ आयोजना गर्ने र उक्त प्रतियोगिताको ‘फिनाले’ सन् २०२० को जुनभित्र नेपालमा गर्ने भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण