नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रम काँग्रेसद्वारा बहिष्कार
काठमाडौँ– राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रम नेपाली काँग्रेसले बहिष्कार गरेको छ । सुरुङमार्ग शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी नेपाली काँग्रेसबाट निर्वाचित हुन् । आफ्नो नगरपालिकामा सुरुङमार्ग शिलान्यास भएपनि मेयर गिरीको कार्यक्रममा उपस्थिति थिएन् ।
यस्तै चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दुर्गालाल महर्जन, ७ का वडाअध्यक्ष शम्भु केसी, १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ र काँग्रेसबाट निर्वाचित अन्य वडाका वडाअध्यक्षहरुको पनि कार्यक्रममा उपस्थिति थिएन ।
यस्तै, नेपाली काँग्रेसका नेता तथा सांसद राजन केसी, काँग्रेस नेता पूर्वसांसद ध्यानगोविन्द रन्जितलगायत चन्द्रागिरी नगरपालिकाका काँग्रेस नेताहरुको पनि कार्यक्रममा उपस्थित देखिएन ।
आफूलाई निमन्त्रणा नआएको भन्दै कार्यक्रममा उपस्थित नभएको मेयर गिरीको भनाइ छ । मेयर गिरीले भने, ‘व्यक्तिगत रुपमा जानकारी आएपनि संस्थागत रुपमा निमन्त्रणा आएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण