फौजदारी अभियोगमा तानिएका सांसदहरुले तत्काल पदबाट राजीनामा दिनुपर्छ: मैनाली
बुटवल– नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपाको सरकारबाट जनता खुसी नभएको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मैनालीले भने, ‘जनता ह्याप्पी हुन सकेनन् ,सरकारले जनताको चाहना अनुसार कामै गर्न सकेन ।’
उनले फौजदारी अभियोगमा तानिएका सांसदहरुले पदबाट राजीनामा दिनुपर्ने माग राखे । एकपछि अर्को सांसद अभियोगमा मुछिएको बताउँदै उनले अभियोगमा मुछिएकाहरुले तत्काल राजीनामा दिनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘पार्टीले पनि सोही अनुसारको निर्देशन दिनुपर्छ ।’
उनले प्राविधिक ढंगको एकताबाट नेकपाको पार्टी एकता र सरकार बनेको भन्दै देश ऐतिहासिक संक्रमणमा रहेको बताए । प्राविधिक ढंगको एकता दीर्घकालीन हुन नसक्ने उनको दाबी थियो ।
‘देश पुँजीवादमा गइसक्यो, डेमोक्रयाटिभ माक्र्सवाद समाजवादीहरूको सिद्वान्त होइन, नेकपाले इमान्दारीता देखाएनन्, कम्युनिष्ट झन्डामा, हँसिया हथौडामा छन् तर सिद्धान्तमा उनीहरु छैनन् ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले माक्र्सवादी सिद्वान्तले नेपालको आर्थिक विकास नहुने भनाइ राखे । अर्को एक प्रसंगमा उनले सरकारले विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याएर उनीहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण