चावहिलमा घर भत्काउँदा घाइते भएका तामाङको मृत्यु
बुधबार, ०६ कात्तिक २०७६, १९ : २३
काठमाडौं – चाबहिलमा मूल सडक छेउमा रहेको पुरानो घर भत्काउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा मित्रपार्कको दीर्घायु गुरु अस्पतामा दीपक तामाङ मृत्यु भएको प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।
बुधबार दिउँसो पुरानो घरलाई भत्काउने क्रममा तामाङ घाइते भएका थिए। घर भत्किँदा घाइते भएका रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगरको अवस्था भने सामान्य रहेको सिंहले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण