भाडादर निर्धारण वैज्ञानिक बनाउन अध्ययन शुरु
काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ । अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निक्र्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, ‘केही महीनाभित्रमा त्यसको अध्ययन हुनेछ ।’
अहिलेसम्म सरकारले १८ सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो । ती सूचकहरु बढ्न वा घट्न सक्ने उनको भनाइ थियो । भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताए । यातायात व्यवसायी महासङ्घले सरकारले समयसमयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो ।
पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुननसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा टेलिकमको फोरजी मोबाइल सेवा विस्तार
-
१५ प्रतिशतभन्दा माथि बेरुजु हुने स्थानीय तह एउटा मात्रै
-
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण : नेता भट्टराई
-
बेपत्ता छानबिन र सत्यनिरुपण आयोग पदाधिकारी नियुक्ति गर्ने मन्त्रिपरिषद्को तयारी
-
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ, एक वर्षमा ९१ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ थप
-
रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको छ : सहमहामन्त्री डिना