सब–इञ्जिनीयर र डोजरचालक घुससहित रङ्गेहात समातिए
शनिबार, ०९ कात्तिक २०७६, ०९ : ०२

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ ।
शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा पौडेल र रकम लिन मतियारका रुपमा प्रयोग गरिएका डोजर चालक बस्नेतलाई सेवाग्राहीबाट लिएको रु एक लाख बीस हजारसहित पक्राउ गरिएको आयोगको केन्द्रीय कार्यालयले आज जनाएको छ । आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत