‘सुरुङमार्ग शिलान्यास गरेको ताम्रपत्र चोरी भएको छैन’
शनिबार, ०९ कात्तिक २०७६, ११ : ४३
काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला (दहचोक–सिस्नेखोला) सुरुङमार्गको शिलान्यास गरेको ताम्रपत्र चोरी नभएर सुरक्षित तबरले राखिएको पाइएको छ ।
स्थानीयहरुले शिलान्यास गरेको भोलीपल्टै ताम्रपत्र राखिएको ठाउँमा नभएपछि चोरी भएको हल्ला फैलाएर मदभेत सुरु भएको हो ।
कात्तिक ४ गते सोमवार चन्द्रागिरी नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए ।
सुरुङमार्ग आयोजना प्रमुख श्याम खरेलले आयोजनालाई दु्रत गतिमा अगाडी बढाउनुपर्ने भएको कारण ताम्रपत्रलाई निमार्ण सम्पन्न पछि राख्नुपर्ने भएको कारण सुरक्षित साथ राखिएको बताए ।
उनले भने, ‘अहिलेलाई झिकिएको मात्र हो चोरी भएको होइन हामी पछि स्थान्तरण गर्नेछौं ।’
२.६८८ किलोमिटर लामो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण