चिराग, संस्कृति र सानवी बने ‘किड्स अफ द इयर’
काठमाडौं । चिराग बजगाई, संस्कृति पाण्डे र सानवी सारले ‘किड्स अफ दि इयर २०१९’ घोषित भएका छन् । चिरागले बालक तर्फ ,संस्कृतिले बालिका तर्फको जुनियर र सानवीले सिनियर तर्फको उपाधि चुमेका हुन् ।
तीनै विजेताले उपाधिका साथमा बिभिन्न गिफ्ट तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे ।
राष्ट्रिय नाचघर जमलमा शनिबार अवेर साँझ सम्पन्न प्रतियोगितामा बालक तर्फ पञ्चाङ मिश्र फष्टरनर अप र उज्वल लामा सेकेन्ड रनरअप छानिदा जुनियर बालिका तर्फ रिमझिम पाल्देन लामा र डिकी चेन्जोन शेर्पा क्रमस फष्ट रनरअप र सेकेन्ड रनरअप भए । त्यस्तै सिनियर बालिका तर्फ संध्या साह फष्टरनरअप र कितावी बराल सेकेन्ड रनरअप घोषित भए ।
बालबाललिकाको ब्यक्तित्व बिकाश, क्षेमता अभिबृद्धी गर्दै उज्वल भबिश्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उदेश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।
९ देखि १४ बर्षसम्मका १४ बालक र ३२ बालिका सहभागी प्रतियोगिताममा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्ट्याइएको थियो । प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।
स्यान्द्रा पुन (अन्तराष्ट्रिय मेकअप आर्टिस), ऋषिराज आचार्य (चलचित्र निर्देशक), पुनम प्रधान (गायिका) ऋचा न्यौपाने (सेकेन्ड रनरअफ मिस काभ्र २०१८) सरिता ज्ञावली कार्यक्रम प्रस्तोता तथा निर्माता कान्तिपुर टेलिभिजन) निणार्यक रहेको यो प्रतियोगिता आम सौदर्य प्रतियोगिता भन्दा फरक तवरबाट आयोजना भएको थियो ।
कार्यक्रममा बालबालिकालाई बिभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । प्रतियोगिले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।
बिभिन्न दर्जन उपशिर्षकमा समेत बिजेता छानिएको प्रतियोगितामा गीत, संगीत र नृत्यको धमाका समेत रहेको थियो ।
ब्यक्तित्व बिकाश, डान्स, सन्चारकला, बिभिन्न टपिसमा ग्रुमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी बिषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित आयोजकले प्रतियोगिलाई अन्तिम स्पर्धामा उतारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण